


काठमाडौं,१४ साउन। जबरजस्ती करणीको आरोपमा नेपाल प्रहरीका एक जना जवान पक्राउ परेका छन्। प
पक्राउ पर्नेमा प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत जवान मान बहादुर विक रहेको प्रहरीले जनाएको छ।

ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ परेका जवानले हात्तीवनस्थित डेरामा कालिकोटको २६ वर्षीया युवातीलाई जबरजस्ती करणी गरेको आरोप छ।
बलात्कारपछि बाजुराका विकले ती युवती आफ्नी पत्नी भएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। पीडित युवती र आरोपी दुवै विवाहित हुन्।
जबरजस्ती करणी सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

