


स्याङ्जा,१५ साउन। प्रहरीले पसलबाट विभिन्न सामग्री चोरी गरेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका-६ काउलेका २२ वर्षीय तोरण परियार रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका परियारले बुधवार राती सोही स्थानको एक पसलबाट बियर १७ बोतल, सोफी रक्सी १ कार्टुन, चुरोट ९ प्याकेट, चाउचाउ २० प्याकेट, कुखुराको मासु ५ केजी चोरी गरेको आरोप छ।

घटना पश्चात प्राप्त सूचनाको आधारमा अनुसन्धान गर्दा चोरी भएका केही सामग्रीसहित परियारलाई बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी एवं सूचना अधिकारी प्रसन्नराज चौधरीले बताए ।
नकबजनी चोरी मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

