


काठमाडौं,१६साउन । नेपालमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को म्याद अब १० वर्षको हुने भएको छ।
सरकारले ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ। जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्याइएको हो। ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्सको बहाल हुने अवधिबारे उल्लेख छ।

लाइसेन्स नवीकरणबाट मान्य हुने अवधि समेत अब १० वर्ष पुर्याइएको छ। यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो। नयाँ व्यवस्था अनुसार सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्र सञ्चालनका लागि निजी क्षेत्रलाई पनि अनुमति दिने बाटो खुला गरेको छ।

