
काठमाडौं, १७ साउन । वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधाको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेका छन् । उनीहरुले विभिन्न व्यक्तिहरुसँग युरोपियन मुलुकहरुमा पठाइदिने ७१ लाख ५२ हजार रुपैयाँ ठगी गरेका थिए।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ का २६ वर्षीय अक्षय श्रेष्ठ, बूढानीलकण्ठ नगरपालिका–१० का २४ वर्षीय सुशान चुडाल, सुर्खेत सिम्ता गाउँपालिका–१ का ३० वर्षीय प्रदीप हमाल र दाङ तुलसीपुर उपमहानगरपालिका–६ का ३६ वर्षीया मञ्जु दाहाल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनका अनुसार पक्राउ परेका श्रेष्ठले यूके पठाइदिने २७ लाख २९ हजार, चुडालले बोस्निया र हर्जगोभिना पठाइदिने भन्दै ३६ लाख ६३ हजार, हमालले अजरबैजान पठाइदिने भन्दै छ लाख २० हजार र दाहालले अमेरिका पठाइदिने एक लाख ४० हजार लिएर सम्पर्कबिहिन भएका थिए। उनले उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताए।
पक्राउ परेका श्रेष्ठलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको र अन्य तीन जनालाई वैदेशिक रोजगार विभाग पठाइएको उनले बताए।

