


भैरहवा, १७ साउन। रुपन्देही प्रहरीले भन्सार छलेर भारतबाट अवैध रुपमा भित्राइएको विभिन्न सामग्री बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र विभिन्न प्रहरी युनिटले चेकजाँचका क्रममा ३ लाख ६८ हजार मूल्य बराबरको कपडा, जुत्ता, खेलौना लगायतका सामग्री बरामद गरेको हो।

नियन्त्रणमा लिइएका सामग्री आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रहरीको कुन युनिटले के-के समात्यो ?
रोहिणी गाउँपालिका : १, दरखस्वा: जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले १ लाख ६३ हजार मूल्य बराबरको यूपी ५८ सी ८६१२ नम्बरको मोटरसाइकलसहित १ सय ३ जोर फुटबल जुत्ता बरामद गरेको छ।
कोटहीमाई गाउँपालिका-३ र ५: इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको टोलीले ८३ हजार बढी मूल्य बराबरको ११ पिस झुल, ४४ पिस लेडिज सुरुवाल, २४ पिस मेक्सी, ११ पिस तन्ना, १२ पिस पर्दा, ११ पिस लेडिज टिसर्ट र विभिन्न किराना सामान बरामद गरेको छ।
सिद्धार्थनगर नगरपालिका-१, बेलहिया बाइपास: इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले एक लाख २ हजार बढी मूल्य बराबरको ५० थान साडी, २२ थान सुट, ७ थान दुपट्टा र ३ बोरा चिनी बरामद गरेको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका-१, आमापुल: प्रहरी चौकी कालिदहबाट खटिएको टोलीले १९ हजार बढी मूल्य बराबरको ७८ पिस कोक, स्प्राईट, डिउ लगायतका पेय पदार्थ, ४५ पिस खेलौना र ३० केजी केराउ बरामद जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
पछिल्लो समय रुपन्देही प्रहरीले भन्सार छलेर लुकुछिपि भित्राइएका सामग्रीहरु धमाधम नियन्त्रणमा लिइरहेको छ।

