


दाङ, १७ साउन। दाङमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१८ नवलपुरका २३ वर्षीय सन्तोष वली रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका वलीले १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीका अनुसार वलीलाई नियन्त्रणमा राखेर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको छ।
कमेन्ट गर्नुस्

