
काठमाडौं, १८ साउन। नेपालको स्थानीय बजारमा सुनको मूल्य एकैदिन ३ हजार ४ सयले बढेको छ।
नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुनको मूल्यले ३ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९६ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ।
Advertisement

Advertisement
Advertisement

शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख ९३ हजार १०० रुपैयाँ कायम भएको थियो।
सुनको मूल्यसँगै चाँदीको मूलय पनि बढेको छ। आज प्रतितोला चाँदी २ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी गत शुक्रबार २ हजार २३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
कमेन्ट गर्नुस्

