
परासी, १९ साउन। नवलपरासीमा ३ सय ५० जना भूमिहीनलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) उपलब्ध गराइएको छ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति नवलपरासीले ६ महिनाको अवधिमा उक्त पूर्जा उपलब्ध गराएको हो।
Advertisement
Advertisement
Advertisement

आयोगको जिल्ला समिति नवलपरासीका अध्यक्ष लालबहादुर गुरुङका अनुसार सुनवल नगरपालिका वडा नम्बर १, ४, ५ र १० का २१५ जना अव्यवस्थित बसोबासी र बर्दघाट नगरपालिका वडा नम्बर ५ का १३५ जना भूमिहीन दलित र सुकुम्वासीलाई पूर्जा उपलब्ध गराइएको छ।
उनले पूर्जा प्राप्तीका लागि जिल्लामा कुल २७ हजार २ सय जनाले निवेदन दिएका छन्। उनले ०८२ भित्र करिब ५ हजार पूर्जा वितरण गर्ने लक्ष्यका साथ कार्य अघि बढाइएको बताए।

