


काठमाडौं, १९साउन। सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
सोमबार कार्यालयले सूचना जारी गरी विभिन्न निकायहरुको सिफारिसमा १९ निर्माण व्यवसायी र आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको हो ।

समयमै काम पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।
एकदेखि दुई वर्षको लागि कालोसूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाइने सूचनामा उल्लेख छ।
हेर्नुहोस् सूचीः


