


विराटनगर, २०साउन। मोरङमा धानखेतमा दुई जना शव भेटिएको छ। दुवै जनाको छुट्टाछुट्टै स्थानमा शव भेटिएको हो ।
प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू र बेलबारी नगरपालिका–७ का ४१ वर्षीय डमरु ऋषिदेव छुट्टाछुट्टै स्थानमा मृत फेला परेका हुन्।

घरको आँगनसँगै जोडिएको खेतमा घोप्टो परेको अवस्थामा लिम्बुको शव फेला परेको हो भने धानखेतमा युरिया मल छर्नका लागि घरबाट हिँडेका ऋषिदेवको शव आफ्नै धानखेतमा फेला परेको प्रहरीले जनाएको छ।
दुवै शवको पोस्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

