


भैरहवा, २० साउन। राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय उपाध्यक्षमा पूर्वकृषि राज्यमन्त्री ओम प्रकाश यादव (गुल्जारी) चयन भएका छन्।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार अध्यक्ष राजेन्द्र महतोले रुपन्देहीका यादवलाई केन्द्रीय उपाध्यक्ष पदमा चयन गरेका हुन्।

पार्टीले ३१ सदस्यीय पदाधिकारी चयन गरेको छ। पार्टीले ३ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, ५ महासचिव, १ कोषाध्यक्ष र सह–कोषाध्यक्ष, दुई प्रवक्ता, ७ उपमहासचिव र ७ सचिव चयन गरेको छ ।
त्यस्तै केन्द्रीय अनुशासन, निर्वाचन, लेखा परिक्षण र विज्ञ समितिको अध्यक्ष, सदस्य सचिव र सदस्य पनि चयन गरिएको पार्टीले मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।

