


विराटनगर,२१ साउन। प्रहरीले नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र हनुमाननगर कंकालिनी नगरपालिका–१ का २५ वर्षीय राजेश चमार रजक रहेको प्रहरीले जनाएको छ।

भारतबाट लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा नक्कली नोट लिएर नेपाल आउँदै गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय भाण्टाबारीको टोलीले कोशी गाउँपालिका–८ भीमनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डीएसपी योगराज खतिवडाले बताए।
उनका अनुसार मोटरसाइकलको पछाडि बसेका राजेश चमार रजकको साथबाट नेपाली १ हजार रुपैयाँ दरका ३८ थान नक्कली नोट बरामद भएको छ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

