
काठमाडौं,२१ साउन। भारतको विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले अमेरिकाबाट गौतम अदानीमाथि भइरहेको अनुसन्धानको कारण प्रधानमन्त्री नरेन्द्र मोदी ट्रम्पको अगाडि उभिन नसकेको आरोप लगाएका छन्।
रुससँग तेल किनेकोमा विरोध जनाउँदै ट्रम्पले भारतमाथि ट्यारिफ बढाउने धम्की दिँदै आएको समयमा गान्धीले यस्तो आरोप लगाएका हुन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘कृपया बुझ्नुहोस्, प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पका पटक पटकका धम्कीहरुको सामना गर्न नसक्नुको कारण अमेरिकामा अदानीमाथि चलिरहेको अनुसन्धान हो।’
उनले अगाडि भनेका छन्, ‘एउटा धम्की भनेको मोदी, अदानी र रुसी तेल सम्झौताबिचको आर्थिक सम्बन्धलाई उजागर गर्ने हो। मोदीका हातहरु बाँधिएका छन्।’

