


काठमाडौं,२२ साउन। भारतमा सिन्धुलीका एक युवकको मिर्गौला निकालिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका प्रमुख कृष्ण पंगेनीले उक्त घटनामा नुवाकोटका समिर परियारलाई काठमाडौंबाट पक्राउ गरिएको बताए।

सिन्धुलीको दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेललाई कामको प्रलोभनमा भारत लगी बन्धक बनाएर गिरोहले उनको मिर्गौला निकालेको बताइन्छ ।
पोखरामा भेटिएका एकजना भारतीय नागरिकले उनलाई होटलमा वेटरको काम लगाइदिने भनेर भारत लगेका थिए। घर फर्किएपछि देब्रेतर्फ लगाइएको टाँका लगाइएको विषयमा घरमा बताएपछि अस्पतालमा जाँच गराउँदा एउटा मिर्गौला नभएको खुलेको थियो ।

