
काठमाडौं,२२ साउन। नेकपा माओवादी केन्द्रबाट सर्लाहीको बागमती नगरपालिकामा निर्वाचित प्रमुख (मेयर) भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन्। मुद्दा दायर पश्चात निलम्बित भएका उनी फरक–फरक मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले एउटा मुद्दामा एक वर्ष कैद सजाय निर्धारण गरेको छ भने अर्को मुद्दाको सजाय निर्धारणका लागि साउन २९ गते पेसी तोकेको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

थापा गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका हुन्। उनलाई उक्त मुद्दामा एक वर्ष कैद र बिगो बराबर तीन करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ पैसा जरिवाना तोकिएको छ।
नदीजन्य पदार्थ हानिनोक्सानी गरेको मुद्दामा पनि उनलाई कसुरदार ठहर गरिएको छ। जुन मुद्दामा सजाय निर्धारणका लागि साउन २९ मा पेशीको आदेश भएको छ। यो मुद्दामा थापासहित विमलकुमार पोखरेल र सागर पौडेल कसुरदार ठहर भएका हुन्।
अन्य प्रतिवादीहरु लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीले आरोपदावी बमोजिमको कसुर गरेको मिसिल संलग्न प्रमाणहरुबाट पुष्टि हुन नआएको भन्दै उनीहरुलाई सफाइ दिइएको छ ।
यस्तै गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा थापा र उनका एकासगोलका अन्य प्रतिवादीको समग्र आय व्ययको सम्बन्धमा मूल्यांकन गर्दा समग्र जाँच अवधिको कूल आय ९ करोड १४ लाख ३१ हजार ३ रुपैयाँ ९१ पैसा र कूल व्यय १२ करोड ५९ लाख ५३ हजार ३९१ रुपैयाँ १४ देखिएको फैसलामा उल्लेख छ।
साथै, आरोपपत्रमा दाबी गरिएकोमध्ये उक्त विगो रू.३,४५, २२, ३८७.२३ बराबरको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत उक्त ऐनको दफा ४७ बमोजिम जफत हुने ठहर्छ ।’ थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

