


राजविराज,२३ साउन। प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–५, महादेवा टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शुक्रबार धान खेत तथा बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको ३ सय ९६ किलोग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतलृे बताए।

उनका अनुसार बरामद गाँजा १७ वटा पोकामा प्याक गरिएको छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

