


भैरहवा, २५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरुसँग छलफल सुरु गरेको छ। पार्टीले आइतबार उम्मेदवारका ९ जना आकांक्षीहरुसँग छलफल गरेको हो ।
पार्टीका अनुसार उम्मेदवारका आकांक्षीहरुसँग आइतबार छलफल सकिएको र साउन २६ गते (सोमबार) उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरिने छ।

उम्मेदवार बन्नका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जीत बहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधु प्रसाद अर्यालले आवेदन दिएका थिए। रास्वपाले साउन २३ गते आवेदन दिएकाहरुको नामवली सार्वजनिक गरेको थियो।

