


काठमाडौं,२५साउन। काठमाडौंको पशुपति आर्यघाटमा अन्तिमसंस्कारका लागि लगिएको शवबाट हड्डी निकालेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उनका सहयोगी रहेको प्रहरीले जनाएको छ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-९ का राम शाहीको नाम गरेका मृतकको शवबाट हड्डी निकालेर अन्य व्यक्ति (तन्त्रिक) लाई दिएको मृतकका परिवारले उजुरी दिएपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले बताए।
घटनाक सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

