
नवलपुर,३० साउन। पूर्वी नवलपरासीमा प्रहरीले श्रीमतीको हत्याको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिनयी-त्रीबेणी गाउँपालिका-३ का ५० वर्षीय महेन्द्र पौडेल रहेको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका पौडेलले ४७ वर्षीय श्रीमती गोमा पौडेलको धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्राप्त सूचनापछि उनलाई पक्राउ गरिएको हो ।
पौडेललाई पक्राउ गरेर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
कमेन्ट गर्नुस्

