


भैरहवा, ३० साउन । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण गराउने संस्थाहरुलाई आवश्यक कागजातहरु कार्यालयमा उपलब्ध गराउन अल्टिमेटम दिएको छ।
केही संस्थाहरुबाट कानुनले तोकेका बाहेकाका कार्यहरु गरेको उजुरीपछि कार्यालयले शुक्रवार एक सूचना जारी गर्दै संस्थाहरुलाई ७ दिन भित्र आवश्यक कागजात कार्यालयमा उपलब्ध गराउन अल्टिमेटम दिएको हो।

कार्यालयद्धारा जारी गरिएको सूचनामा भनिएको छ–‘संस्थाहरुबाट प्रशिक्षण र परामर्श गराउनुपर्नेमा केही संस्थाले कानुनले तोकेको कार्यहरु बाहेक भिषा प्रक्रिया, रोजगारीको सुनिश्चितता गर्ने, ट्राभल एजेन्सी र सहकारी संस्थाहरुसँग मिलोमतो गरी नक्कली कागजात बनाउने, मेनपावरले गर्ने काम व्यक्तिगत/संस्थागत रुपमै गर्ने गरेको गुनासो/उजुरीका सम्बन्धमा विवरणहरु अद्यावधिक गरी ७ दिनभित्र कार्यालयमा उपलब्ध गराउनु…।’
दश बुदाँ उल्लेख गरी विभिन्न अनुमती पत्र, प्रमाणपत्र, सम्झौता लगायत कागजातहरु उपलब्ध गराउन सूचनामा उल्लेख छ।
साथै, तोकिएको समयमा कागजात उपलब्ध गराउने वा मापदण्ड पुरा नगरेको पाइएमा कारवाही हुने कार्यालयले जनाएको छ।
हेर्नुहोस् सूचना:


