
काठमाडौं,३० साउन। प्रहरीले ६ करोड रुपैयाँ बढीको क्रिप्टो करेन्सी (अभौतिक मुद्रा) को कारोबार गरेको आरोपमा दुई भारतीयसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा बाराको महागढीमाई नगरपालिका–३ का २७ वर्षीय ओमप्रकाश जयसवाल, महागढीमाई–५ का २५ वर्षीय मनमोहन कुमार सिंह, भारत बिहारका ३३ वर्षीय विक्रम जयसवाल र बिहारकै ३३ वर्षीय मुन्ना जयसवाल रहेको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार उनीहरुलाई काठमाडौंको कालोपुलबाट पक्राउ गरिएको र उनीहरुको साथबाट १५ लाख ३३ हजार नगद समेत बरामद भएको छ।
साथै, उनीहरुले ६ करोड ६ लाख ६३ हजार ६८७ रुपैयाँ बराबरको क्रिप्टोको कारोबार गरेको पाइएको उनले बताए।
बरामद रकम हुण्डीको भएको हुन सक्ने प्रहरीको आंशका छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

