


भैरहवा, ३१ साउन। सहकारी ठगीको अभियोगमा पूर्पक्षका लागि थुना (भैरहवा कारगार) मा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार लगिएको छ।
काठमाडौं कारागारमा सरुवाका लागि लामिछानेले गत जेठ १४ गते अदालतमा निवेदन दिएका थिए । अदालतले सरुवाका लागि जेठ १६ गते अनुमति दिएको थियो । त्यसपश्चात पनि उनलाई भैरहवा कारागारमा राखिएको थियो ।

कारागारमा रहेका लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा सरुवा गर्ने कारागार व्यवस्थापन विभागको पत्राचार अनुसार उनलाई शनिवार विमानमार्फत काठमाडौं (ललितपुरस्थित नख्खु कारागार) लगिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले बताए । ४ः४० बजे बुद्ध एयरको उडान मार्फत उनलाई काठमाडौं लगिएको हो।
सुरक्षाकर्मीको साथमा उनलाई ललितपुरस्थित नख्खु कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं सुरज कार्कीले बताए।

