


धरान,१ भदौ। प्रहरीले लागुऔषध ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा मोरङको सुन्दरहरैचा नगरपालिका-६ का रोशन खड्का र लालबहादुर बिक, धादिङको थाक्रे गाउपालिका-१० का कुमार बिडारी, दोलखाको मेलुङ्ग गाउँपालिका-२ का राम आछामे रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाका अनुसार शनिवार राति १४.३५ ग्राम ब्राउन सुगरसहित उनीहरुलाई इनरुवाबाट पक्राउ गरिएको हो।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

