
काठमाडौं,१ भदौ। नेपालको स्थानीय बजारमा आइतबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो।
Advertisement

Advertisement
Advertisement

शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा किनबेच भएकोमा आइतबार प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार ३१५ रुपैयाँमा किनबेच भएकोमा आइतबार २ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुस्

