
भरतपुर,१ भदौ। नारायणघाट–मुग्लिन सडकखण्डमा खसेको सुक्खा पहिरो हटाइएपछि सडकमा सवारी साधन संचालन भएको छ। आइतबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मेसिनरी उपकरण प्रयोग गरेर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।
Advertisement

Advertisement
Advertisement

सो ठाउँमा चट्टानसहितको पहिरो खसेका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका थिए ।
कमेन्ट गर्नुस्

