
भैरहवा, ३ भदौ । रुपन्देही प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका १२ भबईका ४३ वर्षीय प्रशुराम लोध रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीका अनुसार भबईमा गाँजा लुकाएर राखिएको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले खोजतलास गर्दा लोधलाई करिब ६ किलो गाँजासहित पक्राउ गरिएको हो ।
Advertisement

Advertisement
Advertisement

पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

