
काठमाडौं,४ भदौ। सामाजिक संजालमार्फत सामाजमा घृणा फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–३ का ३९ वर्षीय मंगल सि प्रजा रहेको प्रहरीले जनाएको छ ।
विभिन्न व्यक्ति तथा संस्था लक्षित अमर्यादित अभिव्यक्तिसहितको पोष्ट गर्ने गरेको प्रारम्भिक प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट खुलेपछि उनलाई शंखमुलबाट पक्राउ गरिएको केन्दीय साइबर ब्यूरोका प्रवक्ता दीपक राज अवस्थीले बताए ।
Advertisement

Advertisement
Advertisement

उनका अनुुसार काठमाडौं जिल्ला अदालतबाट २ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको छ।

