


काठमाडौं,४ भदौ। नेपालको स्थानीय बजारमा बुधवार सुनचाँदीको मूल्य घटेको छ।
सुन प्रतितोलामा एक हजार ६ सय रुपैयाँले घटेर बुधवार प्रतितोला एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार एक सयमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ४५ रुपैयाँले घटेर तोलामा दुई हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला दुई हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
कमेन्ट गर्नुस्

