


धनगढी,९ भदौ। कैलालीको धनगढी उपमहानगरपालिका–१९, मा ६० लाख मूल्य बराबरको मोबाइल पार्ट्सहरु बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, नं. ३४ गण कैलालीले पालिकाको फुलवारी गाउँस्थित घरमा छापा मारेर अवैध रुपमा भण्डारण गरी राखिएको मोबाइल पार्ट्सहरु बरामद भएको जनाएको छ।

घरमा मोबाइल पार्ट्स भण्डारण गरेर राखिएको विषयमा सशस्त्र प्रहरी हेडक्वाटरमा सूचना पुगेको थियो। जसपश्चात घरमा छापा मार्दा उक्त सामग्री बरामद भएको हो।
बरामद सामग्री आवश्यक कारवाहीका लागि भन्सार कार्यालय टिकापुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

