
काठमाडौं,११ भदौ। काठमाडौंमा महिला प्रहरीलाई प्रोत्साहन गर्न ‘महिनाको उत्कृष्ट प्रहरी’ बाट पुरस्कृत गर्ने कार्यको सुरुवात थालिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार महिला प्रहरीको योगदानको उच्च मूल्यांकन गर्दै मासिक रुपमा पुरस्कारको थालनी गरिएको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जसअनुसार नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत प्रहरी जवान प्रमीला श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक टेककुमारी पाण्डेलाई महिनाको उत्कृष्ट महिला प्रहरी घोषणा गर्दै सम्मान गरिएको उनले बताए ।
उनले प्रथम नेपाल प्रहरी महिला सम्मेलनको पूर्वसन्ध्यामा प्रहरी संगठनबाट आफूलाई प्राप्त जिम्मेवारी व्यावसायिक निष्ठा, सांठनिक नीति बमोजिम कुशलतापूर्वक सम्पादन गरेको तथा कार्यालयबाट तोकिएका काम कारबाही तदारुकताका निर्वाह गरेको भन्दै कदर स्वरुप उक्त सम्मान प्रदान गरिएको बताए।

