


काठमाडौं,११ भदौ। नेपालको स्थानीय बजारमा बुधवार सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन प्रतितोला तीन सय रुपैयाँले बढेर एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोलामा एक लाख ९८ हजार सात सय रुपैयाँमा किनबेच भएको छ।

यस्तै, चाँदी प्रतितोला १५ रुपैयाँले घटेर दुई हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला २ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।
कमेन्ट गर्नुस्

