


बारा,११ भदौ। शिक्षकलाई बन्धक बनाएर कुटपिट गरेको घटनामा प्रहरीले वडाअध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका-६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा रहेको प्रहरीले जनाएको छ ।
पर्सा बहुदरमाई घर भई हाल प्रसौनी-६ बेलहिया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहाको समूहले वडा कार्यालयमा बन्धक बनाएर कुटपिट कुटपिट गरेको भीडियो सार्वजनिक भएको थियो । उनी स्मार्ट कोचिङका शिक्षक हुन् । घटना गत २८ साउनको हो ।

केही व्यक्तिहरुले आफूलाई समातेर लगेपछि वडा कार्यालयमा बन्धक बनाएर वडाध्यक्ष कुशवाहासहितले कुटपिट गरेको पीडित शिक्षक यादवको गुनासो छ। गाउँपालिका अध्यक्ष विनोदप्रसाद जयसवालले पीडितले प्रहरी कार्यालयमा जाहेरी दिए पश्चात वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको बताए।

