
नुवाकोट, १२ भदौ । प्रहरीले जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका-६ गुर्जेभन्ज्याङ स्थित बार्दलिन होटलमा जुवा खेलिरहेका अवस्थामा उनलाई कौडा र नगदरकम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी दुर्गाराज रेग्मीले बताए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनका अनुसार ६ जना महिला सहित २२ जनालाई ३१ थान कौडा र १० लाख ७१ हजार ६ सय रुपैयाँसहित जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो । होटलमा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले होटलमा छापा मारेको थियो ।
पक्राउ परेकाहरुलाई विदुरस्थित प्रहरी हिरासतमा राखिएको छ। उनीहरुलाई जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

