
काठमाडौं, १३ भदौ । नेपालको स्थानीय बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । शुक्रवार सुन प्रतितोला १२ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख रुपैयाँ पार गरेर ऐतिहासिक रेकर्ड कायम गरेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला सुनको मूल्य २ लाख ६०० सय रुपैयाँमा किनबेच भइरहेको छ।
Advertisement

Advertisement
Advertisement

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला २ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो।
कमेन्ट गर्नुस्

