


परासी, १३ भदौ। पश्चिम नवलपरासी प्रहरीले बर्दघाटबाट १८ ओटा गोरुसहित ट्रक नियन्त्रणमा लिएको छ।
गोरु राखेर पूर्वतर्फ जाँदै गरेको ना ६ ख ९१७७ नम्बरको ट्रक बर्दघाट नगरपालिका–४ को टिसिएन चोकमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार १८ वटा गोरुमध्ये एउटा गोरु मृत अवस्थामा भेटिएको छ।

ट्रक चालक मकवानपुर, हेटौंडा–१९ बस्तिपुरका २८ वर्षीय तोयनाथ शिवाकोटीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।
बरामद गोरुलाई सुनवल नगरपालिका–३ कीर्तिपुरस्थित कामधेनु गौशालामा बुझाइएको छ।

