
काठमाडौं,१३ भदौ । नेपालको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सेवा अवधिको कारण अनिवार्य अवकाशमा जाँदैछन् ।
०७९ भदौ २८ मा विभागको प्रमुख (मुख्य अनुसन्धान निर्देशक)मा नियुक्त भएका थापा तीन वर्षको सेवा अवधिको कारण अगामी भदौ २८ गतेदेखि उनी अनिवार्य अवकाशमा जाने भएका हुन् ।
Advertisement

Advertisement
Advertisement

विभागको नियमावलीमा विभागको प्रमुख मुख्य अनुसन्धान निर्देशकको पदावधि ३ वर्ष कायम छ। उनी ०५३ सालमा अनुसन्धान अधिकृतबाट सेवामा प्रवेश गरेका थिए। उनको अवकाशसँगै उनकै ‘ब्याचमेट’ मध्येले गुप्तचरको बागडोर सम्हाल्ने देखिएको छ ।
थापासँगै सेवाप्रवेश गरेका ‘ब्याचमेट’ टेकेन्द्र कार्की र ओम प्रकाश जोशी प्रमुखका लागि लबिंगमा छन् । हाल कार्की प्रदेश समन्वय विभाग, इन्टेलिजेन्स र जोशी प्रशासन विभाग प्रमुखको रुपमा कार्यरत छन्।

