
भैरहवा, १३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवाका प्रमुख एवं नापी अधिकृत सुग्रिव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले यादवसहित उनको श्रीमती गायत्री यादब, छोराहरु सुधान्सु यादब र शुभम यादबलाई प्रतिवादी बनाउँदै शुक्रवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा (आरोप पत्र) दायर गरेको हो ।
Advertisement

Advertisement
Advertisement

आयोगका अनुसार सार्वजनिक पद धारण गरेको मिति २०५३/०३ /१३ गतेदेखि २०८१/०३/१६ गतेसम्मको जाँच अवधिमा ९ करोड ३ लाख ९५ हजार ४४४ रुपैयाँ आर्जन गरेको देखिएको तर सोही अवधिमा यादवले १४ करोड ८३ लाख ५७ हजार ८८४ रुपैयाँ बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको खुल्न आएको छ।
प्रमुख यादवले ५ करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको हुँदा उक्त रकम बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । गैरकानुनी रुपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न र सोही रकम बराबरको विगो मागदावी गरिएको छ ।
अख्तियारद्वार जारी प्रेस विज्ञप्तीमा भनिएको छ–‘प्रतिवादी सुग्रीव यादबले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरुबाट निजको परिवार श्रीमती गायत्री यादब, छोराहरु सुधान्सु यादब र शुभम यादबका नाममा खरिद गरेका सम्पत्तिहरु साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. समेतको प्रचलित कानून बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निज गायत्री यादब, सुधान्सु यादब र शुभम यादबलाई प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।’
हेर्नुहोस् विज्ञप्ति :



