
काठमाडौं,१६ भदौ। नेपालको बजारमा सुनको मूल्य फेरी रेकर्ड कायम गरेको छ । सोमबार सुनको मूल्य प्रतितोला २ हजार बढेसँगै हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ पुगेकोमा सोमबार मूल्य बढेर प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
Advertisement

Advertisement
Advertisement

चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिन प्रतितोला २४२५ रुपैयाँ रहेको चाँदी आज २४७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुस्

