


भैरहवा,१७ भदौ। रुपन्देहीका सबै स्थानीय तहहरुमा मंगलबार शोक बिदा दिइएको छ।
गत शनिबार बिहान लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख स्व. सजरुद्दीन मुसलमानको निधन भएपछि शोक बिदा दिइएको जिल्ला समन्वय समिति रुपन्देहीले जनाएको छ ।

समितिले सोमबार एक सूचना जारी गर्दै शोक बिदाका दिन राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय भएको जनाएको छ।जसअनुसार, आज जिल्लाका पालिकाहरुमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
साथै, मंगलबारका दिन जिल्लाका सबै स्थानीय तहअन्तर्गत सम्पूर्ण सरकारी कार्यालयहरुलाई शोक मनाउन र बन्द गर्न/गराउन जिससले अनुरोध गरेको छ ।

