


काठमाडौं,१८भदौ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा अनिवार्य अवकाश हुँदैछन्। उनीसँगै दुई एआईजी एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी पनि अवकास हुँदैछन्।
२०८१ चैत ४ गते आईजीपी नियुक्त थापा प्रहरी सेवामा प्रवेश गरेको ३० वर्षे अवधी पूरा गरी आज अवकास हुन लागेका हुन्। संगठनको ३१ औं आईजीपीको रुपमा थापाले कमाण्ड सम्हाले।

एआईजीद्धय तामाङ र गिरी पनि ३० वर्षे सेवाअवधी पूरा गरी अवकास हुँदैछन्। उनीहरु २०५२ भदौ १८ मा नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा भर्ना भएका थिए। उनीहरुको अवकासपछि नेपाल प्रहरीमा चार एआईजी पद रिक्त हुँदैछ ।
एआईजी कृष्णहरि शर्मा पोखरेल गत साता उमेर हदका कारण अवकास भएका छन्। अर्का, एआईजी चन्द्रकुवेर खापुङ १९ गते विहीबारदेखि लागु हुने गरी आईजीपी नियुक्त भइसकेका छन् ।

