
काठमाडौं, १८ भदौ । पछिल्लो केही दिन यता नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै गएको छ । आज बुधवार पनि सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले उकालो लागेको छ ।
मंगलबार सुन प्रतितोला दुई लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा बुधवार प्रतितोला दुई लाख ७ हजार ९०० मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

चाँदीको मूल्य भने आज घटेको छ। आज प्रतितोला ५ रुपैयाँले घटेर दुई हजार ४८० मा कारोबार भइरहेको छ ।
कमेन्ट गर्नुस्

