
भैरहवा, १९ भदौ । रुपन्देहीमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रयण ब्यूरो शाखा कार्यालय भैरहवा र लागुऔषध बरामदगी क्षेत्रको प्रहरी युनिटको टोलीले उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ का २६ वर्षीय इरफान अन्सारी, सिद्धार्थनगर नगरपालिका–१ का २६ वर्षीय प्रेमलाल यादव र रोहिणी गाउँपालिका– ६ का ३५ वर्षीय ईरसाद प्रवेज रहेको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीका अनुसार पक्राउ परेका अन्सारीको साथबाट १ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर, यादवको साथबाट १ ग्राम ०३ मिलिग्राम ब्राउनसुगर, प्रवेजको साथबाट डाइजेपाम ९८ एम्पुल, ब्रुप्रेनोरफिन ९६ एम्पुल, प्रोमोथाजिन हाइड्रोक्लोराइड ९९ एम्पुल, स्पास्मो २६० थान र १० लाख २० हजार रुपैयाँ बरामद भएको छ । साथै, उनीहरुले प्रयोग तीन थान मोबाइल, दुई वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
तीनै जनालाई हिरासतमा राखेर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

