
काठमाडौं,२० भदौ। अब स्वास्थ्य बीमामा आबद्ध नागरिकहरूले ८ प्रकारका गम्भीर रोगहरुको उपचार तथा विपन्न नागरिकका लागि एकीकृत सुविधा आगामी कात्तिक १ गतेदेखि पाउने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षासम्बन्धी कार्यक्रमहरुलाई एकीकृत गर्ने निर्णय गरेपछि यो सुविधा लागू हुन लागेको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

यसका लागि मन्त्रालयले हालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोधन)’ स्वीकृत गरेको छ।
संशोधित कार्यविधिअनुसार, विपन्न नागरिकहरुले पाउँदै आएको सम्पूर्ण उपचार खर्च अब स्वास्थ्य बीमा बोर्डमार्फत भुक्तानी गरिने व्यवस्था गरिएको छ।
यो सुविधा आगामी कात्तिक १ गतेदेखि पूर्ण रुपमा स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले अहिले उपचार लिइरहेका वा नयाँ सेवा लिन चाहने विपन्न नागरिकले अनिवार्य रुपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्नेछ।
मन्त्रालयका अनुसार, अब विपन्न नागरिकहरुले ८ वटा गम्भीर रोगको उपचार सुविधा लिन स्वास्थ्य बीमा अनिवार्य गरिएको छ

