
भैरहवा,२१ भदौ। नेपाली बजारमा लोकप्रियता बढ्दै गएको ‘प्रोटोन इमास ७’ इलेक्ट्रिक एसयूभी अब रुपन्देहीको बुटवलमा उपलब्ध हुने भएको छ। बुटवल–भैरहवाका लागि आधिकारिक विक्रेता बालाजी इ अटोमोबाइल्सले छिट्टै नै बुटवलको कालिकानगरमा कम्पनीको शोरुम सञ्चालनमा ल्याउने तयारी गरेको छ।
शोरुमको औपचारिक उद्घाटन अघि नै कम्पनीले प्रिमियम इलेक्ट्रिक एसयूभी ‘प्रोटोन इमास ७’ का १० युनिट ग्राहकलाई हस्तान्तरण गरेको छ। रुपन्देहीको मंगलापुर आयोजित ‘प्रोटोन इमास ७’ विद्युतीय गाडी लन्चिङका कार्यक्रममा ग्राहकहरुलाई सामुहिक रुपमा गाडीहरु हस्तान्तरण गरिएको हो।
Advertisement

Advertisement
Advertisement

पूर्ण रुपमा ‘प्रोटोन इमास ७’ विद्युतीय एसयूभी हो, जसले स्टाइल, प्रदर्शन, अत्याधुनिक प्रविधि, दीर्घकालीन किफायतपन र आत्मसन्तुष्टिलाई एकसाथ ल्याएको छ।
नेपालका लागि प्रोटोनको आधिकारिक विक्रेता जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालका अनुसार बुटवलमा भएको सामूहिक हस्तान्तरणले प्रोटोन इमास ७ प्रती नेपाली ग्राहकहरुको विश्वास र आकर्षण बढ्दै गएको स्पष्ट देखाएको छ।
उनले भने, ‘आजको सामूहिक सवारी हस्तान्तरण केवल कारको हस्तान्तरण मात्र होइन, यो विश्वासको उत्सव हो। यस क्षेत्रवासीले यातायातको भविष्यलाई अँगालेका छन् र स्वच्छ तथा स्मार्ट यातायात तर्फको यस यात्रामा प्रोटन नेपाल सहभागी हुन पाएकोमा गर्व गर्छ। यो त (हरित नेपाल) ग्रिनर नेपालको दिशामा हाम्रो यात्राको सुरुवात मात्र हो ।’

उनले प्रोटोन इमास ७ नेपालको सडक अनुकूल, आकर्षक लुक्स र सहज ड्राइभिङ अनुभवका कारण बजारमा छिट्टै लोकप्रिय बन्ने विश्वास लिइएको बताए।
बालाजी इ अटोमोबाइल्सका निर्देशक विशाल जयसवालले पनि शोरुम उद्घाटन हुनु अघि नै धेरै ग्राहकहरुले गाडी खरिदको सुनिश्चितता दिएको उल्लेख गर्दै यसले प्रोटोनप्रतिको विश्वास काठमाडौंबाहिर पनि बढ्दै गएको बताए।
यसअघि पोखरामा सामूहिक हस्तान्तरण गरिएको थियो भने, बुटवलको कार्यक्रमले प्रोटोनको विश्वसनीयता र ब्रान्ड छवि अझ मजबुत बनाएको कम्पनीको दाबी छ।
भेटवालले भने, ‘शोरुम उद्घाटन हुनुअघि नै रुपन्देहीका १० परिवारहरुले आफ्नो प्रोटोन इमास ७ प्राप्त गर्नु हाम्रो लागि गौरवको विषय हो। यसले विश्वस्तरीय प्रविधि, सुरक्षा, सुविधा र ग्राहक–प्राथमिकतालाई प्रमाणित गर्छ।’
प्रोटोनले शून्य प्रतिशत ब्याजदरमा वित्तीय सुविधा, उत्कृष्ट वारेन्टी र भरपर्दो सेवा सञ्जालमार्फत इभि स्वामित्वलाई सहज बनाउन लक्ष्य राखेको छ। चीनको अग्रणी ईभी निर्माता जिलीको प्रविधिमा बनेको प्रोटोन इमास ७ ले आधुनिक डिजाइन, उच्चस्तरीय सुरक्षा र स्मार्ट फिचर एकीकृत गर्दै नेपाली ग्राहकलाई लक्षित गरेको कम्पनीले जनाएको छ।

जिलीद्वारा विकास गरिएको ब्याट्री प्रविधिले छिटो चार्जिङ, सुरक्षित र टिकाउ क्षमता प्रदान गर्छ। आकर्षक बाहिरी डिजाइन, किफायती मूल्य र जगदम्बा मोटर्सको सशक्त नेटवर्कसहित प्रोटोन इमास ७ नेपालका ईभी पारखीहरुको रोजाइमा पर्न सफल भएको कम्पनीले जनाएको छ।

