
काठमाडौं,२१ भदौ। सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका पाँच जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ।
‘युथ कंग्रेस नेपाल’ नामक संस्थाको आयोजनामा विरोध गर्दै प्रर्दशनमा उत्रिएपछि प्रहरीले काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडीबाछ उनीहरुलाई पक्राउ गरेको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

पक्राउ पर्नेहरुमा संस्थाका महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय समिति सदस्यहरु सुजन राज गिरी र धिरज सञ्जेल, सदस्य आशिष शर्मा रहेका छन् ।
पक्राउ परेका युवाहरुले मुखमा मास्क र त्यसमाथि कालो टेप लगाएर सांकेतिक विरोधस्वरुप प्रदर्शन गरेका थिए।
संस्थाले सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धको विरोध गर्दै अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्नु आफूहरूको उद्देश्य रहेको भन्दै पक्राउ परेका सबैलाई बिना शर्त रिहाइ गर्न माग गरेको छ
‘भविष्यमा यस प्रकारका शान्तिपूर्ण आन्दोलनलाई गैर–लोकतान्त्रिक शैलीमा रोक्ने प्रयास नगर्न सम्बद्ध सबै पक्षलाई सचेत गराउन चाहन्छौं,’ संस्थाले विज्ञप्तिमार्फत भनेको छ ।

