
कञ्चनपुरमा,२१ भदौ। प्रहरीले भारतीय नक्कली रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साह का ३२ वर्षीय सौगात बहादुर सिंह, २४ वर्षीय चन्द्र बोहरा, भारतको बरेली तेसिलमिगञ्ज ग्रामका २५ वर्षीय कुलदिप चतुर्बेदी, बरेली फटितेगञ्जका २० वर्षीय अमित यादव र भारत बरेली उदमासिहंनगर उत्तराखण्डका २४ वर्षीय हिंमासु शर्मा रहेको प्रहरीले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

नक्कली नोटको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा यूपी १४ बीएच २०७३ नम्बरको गाडी चेकजाँच गर्दा पाँच सय दरका १४७ थान भारतीय रुपैयाँका नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए।
गाडीमा सवार पाँचै जनालाई हिरासतमा राखेर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको डीएसपी बोहराले बताए।

