


काठमाडौं,२२ भदौ । नेपालको स्थानीय बजारमा सुनको मूल्य आज फेरी बढेको छ ।
दैनिकजसो नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आइतबार प्रतितोला १६ सय रुपैयाँले बढेको हो। यो सँगै सुनको मूल्यले नेपालको बजारमा नयाँ रेकर्ड कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १६ सय रुपैयाँले बढेर सुन प्रतितोला २ लाख १२ हजारमा कारोबार भइरहेको छ।
अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख १० हजार ४०० मा किनबेच भएको थियो।
यस्तै चाँदीले पनि नयाँ रेकर्ड बनाएको छ। आज चाँदी प्रतितोला २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी तोलाको २ हजार ४९० कायम भएको थियो।

