
काठमाडौं,२२ भदौ। आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा प्युठान नौ बहिनी गाउँपालिका-१ का ३४ वर्षीय विशाल बुढा मगर, झापा बुद्ध शान्ति गाउँपालिका-२ का ३० वर्षीय निकेश ढुंगाना र महोत्तरी गौशाला नगरपालिका-९ का ४४ वर्षीय योगेन्द्र सिंह दनुवार रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका विशालले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरुबाट १५ लाख ३० हजार रुपैयाँ, निकेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४१ लाख रुपैयाँ र योगेन्द्रले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ३४ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।
उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

