
काठमाडौं,२२ भदौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार साँझ सामाजिक सञ्जालमार्फत सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई गलत भन्दै आपत्ति जनाएका छन्।
साथै, सोमबार काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन जीहरुले गर्न लागेको प्रदर्शनलाई स्वाभाविक बताउँदै सरकारलाई शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग नगर्न चेतावनी दिएका छन्।
Advertisement

Advertisement
Advertisement

सामाजिक संजाल मार्फत प्रचण्डको यस टिप्पणीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रतिप्रश्न गर्दै प्रतिक्रिया जनाएका छन्।
प्रचण्ड प्रधानमन्त्री हुँदा टिकटक बन्द गरिएको प्रसंग स्मरण गर्दै बालेनले कमेन्टमार्फत भनेका छन्, ‘एकादेशमा टिकटक पनि बन्द भएको थियो। हजुर पीएम (प्रधानमन्त्री) हुँदा म मेयर नै थिएँ, तर काम हजुरबाट पनि केही भएन, कमरेड !’
त्यससँगै उनले राजधानीका समस्या समाधान गर्ने अवसर नपाएको गुनासो पनि पोखेका छन्। ‘मेरा लागि एक दिन दिएको भए म काठमाडौंका खोलानाला फेरिदिन्थेँ,’बालेनले लेखेका छन्।
मेयर शाहले आज बिहान पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पोष्टमा प्रतिक्रिया जनाएका थिए।
र, यो पनि…
देउवाको पोस्टमा बालेनको प्रश्न : यो पोस्ट कुन भीपीएनबाट हो ?

