


काठमाडौं,२२ भदौ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फेसबुक पोस्टबारे व्यङ्ग्य गरेका छन्।
शनिबार साँझ देउवाले सुनसरीको भोक्राहा नरसिंहा गाउँपालिकामा आयोजित नेपाल उराँव संघको कार्यक्रममा सहभागी भएको र सम्बोधन गरेको उल्लेख गर्दै केही तस्बिरसहित फेसबुकमा पोस्ट गरेका थिए।

देउवाले लेखेका छन्, ‘आज सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु।’
त्यसै पोस्टमा बालेनले व्यङ्ग्यात्मक ढंगमा लेखेका छन्, ‘यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी ?’
उनले थप व्यङ्ग गरेका छन्, ‘सारै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त !’
बालेनले कमेन्ट गरेसँगै देउवाको उक्त पोस्टमा इन्गेजमेन्ट ह्वात्तै बढेको छ।


